राजनीति

नेकपा प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

उक्त समूहले फागुन १५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । 

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो ।

उक्त समूहले फागुन १५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । १५ गते किसान, सुकुम्बासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन हुन लागेको हो ।

त्यस्तै फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा सभा जनप्रदर्शन हुने घोषणा गरिएको छ। नेपालगन्ज र जनकपुरमा पनि छिटै मिति घोषणा गर्ने नेकपाले जनाएको छ ।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ । उसले गत माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो ।

गाउँ सहर संवाददाता

Rabin Pokharel लेख्नुहुन्छ ३ फाल्गुण, २०७७ १०:३० pm

कति अान्दाेलनकाे घाेषणा मात्र हाे श्रमजिवि नागरिककाे पनि ख्याल गर्नुस । बार्ता र सम्वाद बाट यसकाे छिनाेफानाे गर्ने तर्फ अघि बढै । अान्दाेलन मात्र नगराै । देशलाई बचाअाै ।

तपाईँको मत