भिडिओ

‘कान्छीको सम्झनामा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ ।  ‘कान्छीको सम्झनामा’  म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाइनको अवसर पारेर गायक प्रविन राजथलाले नयाँ गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका  हुन् । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा विदेशमा रहेर स्वदेशमा रहेकी प्रियशीको सम्झना गरिएको छ ।

गीतमा शब्द तथा संगीत समेत गायककै रहेको छ । जसमा जोयस गुरुङले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियो वसन्तपुर लगायत काठमाडौंको विभिन्न स्थानमा छायाँकन गरिएको छ । भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका हुन् । सत्यराज चौंलागाईले भिडियो निर्देशन गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत