दिगोविकास

लगानीकर्ता नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर किन्न झुम्मिए, माग अत्याधिक, अहिले बिक्री गर्ने शून्य

काठमाडाैं । एक महिनाअघि आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) को आजदेखि दोस्रो बजारमा शेयर कारोबार खुला भएको छ । 

आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको बैंकको शेयरमा उच्च माग देखिएको छ । कारोबारको ५ मिनेटभित्रै कम्पनीके शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँ बढेर ३७४ पुगेको हो । सर्किट मूल्यमा नै २ हजार ६४५ वटा अर्डर मार्फत ९ लाख ५२ हजार कित्ता शढी शेयरको माग नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टमममा देख्न सकिन्छ । बैंकको शेयरको बिक्री अर्डर शुन्य रहेको छ ।

आइतबार स्पेशल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको अधिकतम कारोबार रेञ्जमा (प्रतिकित्ता ३४० रुपैयाँ) कारोबार खुला भएको बैंकको शेयरमूल्यमा नियमित कारोबारको सुरुवाति समयमा नै सकारात्मक सर्किट लागेको हो ।

साँढे १२ बजेसम्म ४६ हजार ९३४ कित्ता काराेबार भएकाे छ । यस समयमा २२ लाख ४४ हजार कित्ता खरिदका लागि माग भएपनि बिक्रीका लागि भने कसैले राखेकाे देखिँदैन । 

नेपाल स्टक एक्सचेञ्जले इन्फ्रस्ट्रक्चर बैंकलाई डेभलपमेन्ट बैंकको उपसमूहमा सूचीकरण गरेको छ । 

बैंकले यहि माघ २ गते देखि माघ ६ गते मंगलबारसम्म आपीओ निष्काशन गरेको थियो । जसमा १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका थिए भने ५० देखि धेरै शेयर माग गर्ने लगानीकर्ताहरुबाट ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर प्राप्त गरेका थिए ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, र ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि बाँडफाँड गरिएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत