अर्थतन्त्र

घट्यो सुनको मूल्य

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुन तोलाको १ सय रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ, तेजावी ९० हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ९० हजार ९ सय रुपैयाँ, तेजावी ९० हजार ४ सय रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आइतबार चाँदी २० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत