समाज

भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष महादेव सिंहको बुवाको भीरबाट लडेर मृत्यु भएको हो। 

शनिबार मार्मा गाउँपालिकाको लटिनाथमा आयोजित जनयुद्ध दिवसको कार्यक्रमबाट फर्किने क्रममा वडाध्यक्ष डडालका बुवा अन्दाजी ७० वर्षीय नरे डडालको भीरबाट लडेर ज्यान गएको स्थानीयले बताएका छन् । 

बेलुकी करिब सात बजेतिर घर नजिकैको भीरबाट लडेर उनको ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत