स्वास्थ्य

दोस्रो चरणकाे आजबाट दिइने काेराेनाकाे खाेप यी व्यक्तिहरूले मात्र पाउँछन् (सूचनासहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि आजदेखि ८ गतेसम्म खोप अभियान संचालन गर्दैछ ।

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गर्न लागेकाे हाे । स्वास्थ्य कार्यालय काठमाडौंले १२ स्थानबाट कोरोना विरुद्धको खोप लगाउन सुरू गर्ने भएको छ ।

 

स्वास्थ्य कार्यालयले काठमाडौँका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको जानकारी दिएको हो ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्लास्तरीय जनपद प्रहरी, सीमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र पत्रकारलाई खोप लगाइँदै छ ।

खोप लगाउनका लागि परिचय पत्रसहित उपस्थित हुन मन्त्रालयले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत