स्वास्थ्य

विश्वभर काेराेना संक्रमितबाट मृत्यु हुनेकाे संख्या २४ लाख नाघ्याे, ८ कराेड ११ जना भाइरसमुक्त

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५४ लाख २० हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ११ लाख २६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ९१ लाख १ हजार नाघेको छ भने मृतकको संख्या २४ लाख ५ हजार ३८८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९८ हजार ६८६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८१ लाख ९६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ९६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८१ लाख ५३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९५ लाख ४७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९ लाख ४ हजार ७३८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५५ हजार ६७३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६ लाख ९ हजार ७८८ जना निको भएका छन् । सक्रिय केस १ लाख ३९ हजार २७७ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९८ लाख ११ हजार जना संक्रमितमध्ये ८७ लाख १० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३८ हजारभन्दा बढी छन् । हाल ८ लाख ६१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७२ हजार ६१४ जना पुगेका छन् भने २ लाख ६८ हजार ९२९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ५४ पुगेको छ भने १ हजार ६३१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत