प्रेरणा

उत्साहभन्दा ठूलो अरुकुनै शक्ति छैन, उत्साहित व्यक्तिले कठिनभन्दा कठिन कामपनि सजिलै गर्न सक्छ

काठमाडौँ । सकारात्मकता र उत्साहसँग गरिएको काममा सफलता प्राप्त हुने सम्भावना धेरै हुने गर्दछ । यसकारण नकारात्मक कुराबाट बच्नु पर्दछ । अर्काको मनोबल कमजोर गर्नेको कुराले हाम्रो काममा नराम्ररी प्रभावित गर्दछ । जो व्यक्ति राम्रो साहित्य पढ्छन्, बुद्धिमान व्यक्तिको समिपमा रहन्छन, उनीहरुको सोच सधैँ सकारात्मक रहन्छ ।

यसै सन्दर्भमा केहि विचारहरु मनन गरौँ ।

  • जबसम्म व्यक्ति धनवान रहन्छ, उसको आसपास स्नेह प्रकट गर्नेहरुको भीड लाग्दछ । तर, धन सकिएपछिपनि जो व्यक्ति साथ दिन्छन्, उ नै सच्चा स्नेही हुने गर्दछ ।
  • रिस सबैभन्दा ठूलो शत्रु हो । रिसाउँदा सोच्ने र विचार गर्ने शक्ति समाप्त हुन्छ र आवेशमा गरिएको कुराले सम्बन्ध बिग्रन सक्छ । यसकारण रिसबाट सधैँ बच्नु पर्दछ ।
  • उत्साह कर्म गर्ने व्यक्तिको बल हो । उत्साहभन्दा ठूलो कुनै शक्ति हुँदैन । उत्साहित व्यक्तिले कठिन समयमा पनि काममा सफल हुन सक्दछ ।
  • विद्याको समान आँखा होइन । सत्यको समान तप होइन । अत्यधिक मोहको समान दुःख होइन । त्यागको समान सुख होइन ।
  • जो व्यक्ति पढ्छ, हेर्छ, प्रश्न सोध्छ, बुद्धिमान व्यक्तिको संगतमा रहन्छ, उसको बुद्धि जहिल्यै बढिरहन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत