वातावरण

तीन दिनको मौसम पूर्वानुमान; कतै आंशिक देखि सामान्य बदली, धेरैठाउँ हल्का वर्षा अनि कतै हिमपातसम्म

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै तीन दिन कतै आंशिक देखि सामान्य बदली, धेरैठाउँ हल्का वर्षा अनि कतै हिमपात हुने जनाएकाे छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेशका केही भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य  पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

फाल्गुन ०१ गते (शनिबार)

राति : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०२ गते (आईतबार)

दिउसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०३ गते (सोमबार)

दिउसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखा भन्छ- पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ । तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्नसक्ने हुनाले पारदर्शिताको कमी र तापक्रमको हल्का गिरावटका कारण यसबाट जनजीवन र यातायातमा पर्न सक्ने असरबाट सतर्क रहनुहुन अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत