जीवनशैली

डेटिङ्गको सुरुवाती तीन मिनेटले तय गर्छ तपाईंको पार्टनर कति इम्प्रेस भयो

भ्यालेन्टाइन्स् सप्ताहमा क्यानडाका वैज्ञानिकले डेटिङ्गमा अनुसन्धान गरेका छन् । वैज्ञानिकका अनुसार, पार्टनरसँग डेटमा जानुहुन्छ भने सुरुवाती तीन मिनेटले नै तपाईंको पर्सनालिटी तय गर्दछ । यो तीन मिनेटले नै तय गर्दछ कि नजिकको व्यक्तिसँग तपाईंको इम्प्रेशन कस्तो पर्दैछ भनेर ।

यसलाई बुझाउनको लागि वैज्ञानिकले ३७२ युवामा अध्ययन गरे । उनीहरुलाई डेटमा पठाए । डेटिङ्गको समय पहिलो तीन मिनेटमा पार्टनरले कुन रेटिंग दियो, यसको डेटा एनालिसिस गरियो । 

वैज्ञानिकका अनुसार, २०१७ र २०१८ मा मान्ट्रियलमा युवालाई डेटिङ्ग सेशन गराइयो । सो समय पार्टनरको पर्सनालिटी र हेल्थको बारेमा थाहा पाए । यहि कुरा सो व्यक्तिका साथी र परिवारमा पनि सोधियो ।

अनुसन्धानबाट यो नतिजा आयो कि बढी व्यक्ति तीन मिनेटको डेटिङ्गमा आफ्नो पार्टनरको सटिक व्यक्तित्व बताउन सक्षम रहे । अध्ययन गर्ने मेकगिल यूनिभर्सिटीकी मनोविद् लारेन गेजार्ड भन्छिन्, ‘केहि व्यक्ति एक किताव जस्तै हुन्छन र केहि मिनेटको कुरापछि उनको व्यक्तित्वलाई बुझिन्छ । तर केहि यस्ता पनि हुन्छन जसलाई बुझ्न मुश्किल हुन्छ ।’

लण्डनको क्वीनमेरी यूनिभर्सिटीको अनुसन्धान भन्छ- अनलाइन डेटिङ्ग गरिरहनुभएको भए ध्यानमा राख्नुहोस कि तपाईंको प्रोफाइलमा यस्तो फोटो हुनुपर्छ जसले ह्यूमर पैदा गरोस् । जस्तोः केटीहरु यस्तो फोटो मनपराउँछन जसमा अर्को केटी केटालाई हेरेर हाँस्दै गरेको होस् । तपाईंको सेल्फीमा मायालू मुस्कान छ भने केटीहरु तपाईंतर्फ आकर्षित हुन सक्छन् ।

क्वीनमेरी यूनिभर्सिटीको एक अर्को अनुसन्धान भन्छ- अनलाइन प्रोफाइल बनाउनु हुन्छ भने ७०/३० को नियम याद राख्नुहोस् । तपाईंको प्रोफाइलमा ७०% सम्म सत्यता हुनु पर्दछ । जस्तो तपाईं हुनुहुन्छ त्यस्तै बताउनुहोस् । यसको अलवा प्रोफाइलको ३०% हिस्सामा त्यो कुरा लेख्नुहोस जुन तपाईंको पार्टनर खोजिरहेको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत