पूर्वाधार

विश्वभर काेराेना संक्रमितका सिकिस्त बिरामी एक लाखभन्दा कम, ८ कराेड बढि भाइरसमुक्त

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५४ लाख ४६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ७ लाख ३५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ८७ लाख २६ हजार नाघेको छ भने मृतकको संख्या २३ लाख ९४ हजार ५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९९ हजार ३८८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८१ लाख ६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ९२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८० लाख ४० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९५ लाख ७३ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ८ लाख ९२ हजार ५५० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५५ हजार ५८८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ५ लाख ९८ हजार ७०९ जना निको भएका छन् । सक्रिय केस १ लाख ३८ हजार २५३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९७ लाख ६५ हजार जना संक्रमितमध्ये ८६ लाख ७८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३७ हजारभन्दा बढी छन् । हाल ८ लाख ४९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७२ हजार ५५७ जना पुगेका छन् भने २ लाख ६८ हजार ७९६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ५४ पुगेको छ भने १ हजार ७०७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत