वातावरण

भू-क्षय, जलाधार तथा वातावरण संरक्षण समिति पाेखराकाे नयाँ कार्यसमिति चयन

पोखरा । भू-क्षय, जलाधार तथा वातावरण संरक्षण समिति, पोखरा–३२ को तेस्रो अधिवेशन तथा सातौं साधारणसभाले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा इन्द्रप्रसाद बास्तोला, सचिवमा विन्दुराज तिवारी, सहसचिवमा पवनकुमार तिवारी र कोषाध्यक्षमा लक्ष्मीदेवी भण्डारी रहेका छन् । समितिका सदस्यहरूमा धनकुमारी परियार, सम्मरबहादुर खत्री, विष्णुप्रसाद वाग्ले, वासुदेव खनाल, गंगामणि गौतम र मोहनकुमार प्रधान रहेका छन् भने समितिका सल्लाहकारहरूमा संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष नारायणप्रसाद वाग्ले, खेमराज खनाल, डोलराज पण्डित र राजेन्द्रप्रसाद खनाल चयन भएका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन समारोहमा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले भूक्षय, जलाधार तथा वातावरणको संरक्षण सबैको साझा कर्तव्य भएको बताउँदै यसका लागि वडाको तर्फबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता खेमराज अधिकारी, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३२ का सभापति डोलराज पणि्डत, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नेपाल रेडक्रस सर्कल पोखरा – ३२ का अध्यक्ष किसन परियार, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, समितिका सहसचिव लक्ष्मी भण्डारी, अपांग संघ पोखरा ३२ का अध्यक्ष मोहनकुमार प्रधान, आजीवन सदस्य हरिप्रसाद खनाल लगायतले प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकामा जोड दिए ।

विष्णुहरि पाैडेल

तपाईँको मत