समाज

मोटरसाइकल चोर्ने दुई जना पक्राउ

सुनसरी । मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान को घोपा अस्पतालको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को.३५ प १२८९ नम्बरको मोटरसाइकल चोरी गर्ने २ जना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सुनसरी रामधुनी नगरपालिका–१ बस्ने १९ वर्षीय आकाश चौधरी र १९ वर्षीय अनिमेश चौधरी रहेका छन् । मोटरसाइकल चोरी गरी लैँजादै गरेको सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत