स्वास्थ्य

पछिल्लो २४ घन्टामा नयाँ संक्रमित १२७ थपिए, संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट २४ घन्टामा १ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने थप २ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १३६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७२ हजार ५ सय ५७ संक्रमित भएपनि २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ७ सय  जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २१ लाख ११ हजार ६ सय ४९ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत