भिडिओ

देशभक्ति गीत ‘जुटौं अब त उठौं अब त’ को भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । देशभक्ति गीत ‘जुटौं अब त उठौं अब त’ को भिडियो सार्वजनिक भएको छ । हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौं अब त उठौं अब त’को भिडियो सार्वजनिक भएको हो । 

अमेरिकाको क्यालिफोर्नियाँमा रेकर्ड भएको गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीता बजगाईंको शब्द रहेको गीतमा संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका छन् ।

गीतको म्युजिक भिडियो निर्देशन राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा गीत तयार गरिएको छ ।

भिडियोमा नगेन्द्र राईको छायाँकन, नृत्य र किशोर खनालको सम्पादन छ । भिडियोमा नेपालका विभिन्न सम्पाद, संस्कृति, प्राकृतिक सुन्दता, भेषभुषा, नृत्य प्रस्तुत गरिएको देख्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत