अर्थतन्त्र

शुक्रबार सुनको मूल्य ६०० रुपैयाँले घट्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ, तेजावी ९० हजार ४०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलाको ५ रुपैयाँले बढेको महासंघले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत