अर्थतन्त्र

नेपाल टेलिकमको आ.व. २०७७/७८ को द्वितीय त्रैमासिकको वित्तिय विवरणको सारांश 

१. चालु आ.व. को प्रथम त्रैमासिकमा कूल सेवा वापतको आय रु. 8,635,340,041रहेकोमा चालु आ.व. को द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा रु. 454,233,421 ले वृद्धि भई रु. 9,089,573,462  रहेको ।

२. गत आ.व. को द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आय रु. 8,998,729,299 रहेकोमा चालु आ.व. को द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा रु. 90,844,162 ले वृद्धि भई रु. 9,089,573,462 रहेको ।

३. चालु आ.व. को प्रथम त्रैमासिकमा खुद मुनाफा  रु 1,517,769,381 रहेकोमा चालु आ.व.को द्वितीय त्रैमासिक अवधिमा खुद मुनाफा रु.253,855,697 ले  वृद्धि भई रु। 1,771,625,079  रहेको ।

४. गत आ.व.को द्वितीय त्रैमासिक सम्म (अर्थात् पहिलो अर्धवार्षिक) मा कूल सेवा वापतको आय रु. 18,039,576,089 रहेकोमा चालु आ.व. को सोहि अवधिमा कूल सेवा वापतको आयमा १.७४ प्रतिशतले कमी आई  रु.17,724,913,503 रहेको ।

५. गत आ.व. को द्वितीय त्रैमासिक सम्म (अर्थात् पहिलो अर्धवार्षिक) को कूल आयको तुलनामा चालु आ.व. को सोहि अवधि सम्मको कूल आयमा कमी आउनुका कारणहरुः 
क. Covid-19 को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको कमी । 

ख. बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आ.व.को सोहि अवधिमा घट्न गएको हुंदा व्याज आम्दानीमा करिब रु २० करोड ७४ लाखले आएको कमी ।

ग. Covid-19 को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा Data Package उपलव्ध गरिएको हुंदा GSM सेवा तर्फ अघिल्लो आ.व.को प्रथम त्रैमासिकको तुलनामा Data को Consumption बढेतापनि राजश्वमा आएको कमी । 

घ. Covid-19 महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा OTT को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा आएको भारी गिरावट।

६. उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।  

गाउँ सहर डेस्क

तपाईँको मत