निर्माण

धरहरा पुनर्निर्माण फागुन मसान्तसम्म पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निमाण आगामी महिनाको अन्त्यसम्ममा पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले गत २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हालभइरहको पुनर्निर्माण कार्यको निरीक्षण पश्चात यस्तो निर्देशन दिएका हुन। “कोभिड १९ को महाव्याधिले पुनर्निर्माणकार्यमा पारेको बाधाका बावजुद अहिलेसम्म भएका प्रगति सन्तोषजनक छन्”, प्रधानमन्त्रीको भनाइ थियो । साथै उनले सिंहदरबारको पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुहरुलाई यथास्वरुपमै कायम राख्न निर्देशनसमेत दिएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिँदै आगामी कार्यका बारेमा पनि जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधिन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०—१० जना अट्ने क्षमताको लिप्ःट रहने तथा १८ औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतिकरण कक्ष रहने जानकारी दिएका छन् । हाल २१ औं तलाको ढलान सकिए पश्चात २२ औं तला समेतको कार्यगरी त्यहाँ पहिले रहेको महादेव प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने जानकारी पनि दिए ।

यसबाहेक अहिले पानी सुकेको र निकास समेत बन्द भएको अवस्थामा रहेको ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने छ । यसै गरी यसअघि टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिंक्का सम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भुकम्पले भत्काएको धरहरालाई यथावत स्वरुमा शिशाले छोपेर एक सजिव भूकम्प संग्रहालयका रुपमा संरक्षण गरिने जानकारी पनि ज्ञवालीले दिएका छन् ।

यसअघि मात्र करिब साढे ४ रोपनीमा रहेको धरहरा परिसर अब ४२ रोपनीमा विस्तार हुँदा राजधानीले एक ऐतिहासिक खुल्ला स्थान पाउने पनि उनले बताए । कार्यक्रमा सम्मानीय प्रधानमन्त्रीलाई प्राधिकरणका सहसचिव भरत अर्यालले धरहरा पुनर्निर्माणको प्राविधिक प्रगतिका बारे जानकारी गराएका थिए । उनका अनुसार धरहरा परिसरको भूमिगत पार्किङस्थलमा ४ सय वटा चारपांग्रे र ७ सय वटा मोटरसाइकल अट्ने भएकोले राजधानीको पार्किङ समस्या धेरैहदसम्म सम्बोधन हुने अवस्था रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत