स्वास्थ्य

कोरोनाको सक्रिय संक्रमण अब २ करोड ५४ लाख ३८ हजार ७४९ मात्र, ९७% ले गरे स्वास्थ्य लाभ

काठमाडौँ । विश्वमा अब कोरोनाको सक्रिय संक्रमण अब २ करोड ५४ लाख ३८ हजार ७४९ मा मात्र रहेको छ । १० करोड माथि संक्रमितको संख्या पुग्दा ८ लाख बढीले भाइरसलाई हराएका छन् ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा जानकारी अनुसार, अहिलेसम्म २३ लाख ७८ हजार ७५९ जनाको भाइरसका कारण मृत्यु भएको छ । सक्रिय केशमध्ये १ लाख ३५४ जनाको अवस्था भने गम्भीर छ ।

नेपालमा भाइरसकाे सक्रिय संक्रमण अब केवल १ हजार ७१८ जनामा मात्र छ । अहिलेसम्म देशमा २ हजार ५२ जनाको मृत्यु भएको छ । देशमा अहिले प्राथमिकताका आधारमा खोप वितरण भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत