समाज

आज सोनाम ल्होसार, सार्वजनिक बिदा : मुसा वर्ष पूरा गरी गाई वर्षमा प्रवेश

काठमाडाैं । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए ।

तामाङ जातिको बाहुल्यता रहेको वागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने उनले बताए।

बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने छ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिने जनाइएको छ ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ । यसैगरी देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन् ।

त्यस्तै, पर्वको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सोनाम ल्होसार र ग्याल्बो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै पर्व मनाउने क्रममा कोभिड–१९ को सङ्क्रमणप्रति ध्यान आग्रह गरेका छन् । 

किंबदन्ती

 

सर्वप्रथम पृथ्वीमा कश्यप बुद्ध आगमन भएको थियो । त्यसताका पृथ्वीमा कश्यप बुद्ध देखेपछि दानव, जनावरहरूले आक्रमण गरे । त्यसमा बुद्धले जीत हाँसिल गरे । त्यसपछि भगवान् बुद्धले पृथ्वीमा रहेका सम्पूर्ण प्राणी अर्थात जनावरदेखी पंक्षीसम्मलाई उनीहरू सबैको नामकरण गर्ने बोलाए ।

बुद्धको बचनपछि सबै जनावरमध्ये १२ वटा मात्रै उपस्थित भए । त्यसमध्ये मुसा सबैभन्दा अगाडि, त्यसपछि गाई, त्यसपछि क्रमशः बाघ, खरायो , गरूड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर बुद्धको अगाडि पुगे ।

भगवानकाे अगाडि पुग्रकाे लागि सबैभन्दा अगाडि गाई थियाे तर मुसा पाे अगाडि पुग्याे । किनकि गाई जाँदै गर्दा मुसाले थाहा पाएर बाटाेमाथि ढुकेर बस्याे किनभने मुसाले समुन्द्र तर्न सक्ने थिएन । उसले जुक्ति निकालेर ढुकेकाे ठाउँबाट गाईकाे जुराेमा फुत्रुक्क हाम फाल्याे । त्यहाँ अडेर बस्याे र समुन्द्र तरिसकेपछि भगवानकाे नजिकै गाई पुगेपछि मुसा फुत्त हाम् फालेर भगवानकाे पाउमा पर्याे ।

भगवान् बुद्धले त्यसपछि मुसाकाे नाम पहिलो नम्बरमा राख्नुभयाे । यसरी जिवा (मुसा) पहिलाे वर्गमा रहन सफल भयाे । त्यसपछि दाेस्राेमा गाई र अरू क्रमशः

गाउँ सहर संवाददाता

तपाईँको मत