कला

सौराहाबाट तुलसी निरौलाका तीन कृतीहरु सार्वजनिक

चितवन । लेखक तुलसी निरौलाका तीन कृतीहरुको सार्वजनिकीकरण नयाँ तरिकाबाट गरिएको छ ।

चितवनको सौराहामा सफल उद्यमी तथा नियात्राकार, साहित्यसेवी जीवा लामिछानेसँगको पहिलो भेटलाई नै पुस्तक सार्वजनिकीकरण गर्ने सही अवसरका रुपमा लेखकले लिए । उनी आफैं पनि उत्प्रेरणात्मक साहित्यमा बढि झुकाब भएका लेखक हुन् ।

तीन कृतीमा कथाहरुको बाकस खोतल्ने कोसिस (१११ वटा उत्प्रेरणात्मक कथाहरुको संग्रह), नयाँ राजाहरुको नयाँ लुगा (९३ नेपाली कविताहरुको संग्रह) र हिमाली बगैँचा ( १०० नेपाली गीतहरुको संग्रह) सार्वजनिक भएका छन् ।

यी कृती सार्वजनिकीकरणसँगै उनले एक नव कवि तथा गीतकारका रुपमा पनि आफ्नो पहिचान थपेका छन् । 

हात्ती चढेर जंगल सफारी गर्न भेला भएका लामिछानेसहित केदारनाथ खनाल, साहित्यकार, शिक्षाविद्, रामबाबु घिमिरे, निबन्धकार, अध्यक्ष बाल्मीकी साहित्य सदन, अध्यक्ष, व्यवस्थापन समिति, शहिद स्मृती बहुमुखी क्याम्पस, रत्ननगर, प्रेम रिमाल, प्राचार्य, डेजी आवाशिय मा.वि., तिलकराज शर्मा, पूर्व सहप्रशासक, शहिद स्मृती बहुमुखी क्याम्पस, रत्ननगर, वडाध्यक्ष र.न.पा.२ (हास्यव्यंग्यकार), भुपिन खड्का, साहित्यकार, प्राध्यापक, सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, ईश्वर कडेल, साहित्यकार, प्रशिक्षक, ब्रिटिस काउन्सिल, धन राज गिरी, गजलकार, पुर्व सहप्राध्यापक, शहिद स्मृती बहुमुखी क्याम्पस, रत्ननगर, उपाध्यक्ष, खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान र तुलसी निरौला, लेखक व्यक्तित्वहरुको सहभागितामा तिनै पुस्तकको सार्वजनिकीकरण गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत