शिक्षा

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना क्रमका विषय विद्यार्थीले जान्नु पर्छ : पूर्व मन्त्री अधिकारी

लेखनाथ । नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले  विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना क्रमका विषय  पर्ने बताएका छन् ।

पोखरा २६ बुढिबजार सक्नेरीमा रहेको रामज्याेित माविले विहिवार राखेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै  पूर्व स्वास्थ्य मन्त्री अधिकारीले विद्यार्थीहरुले कितावी ज्ञानको साथ साथै देशका राजनैतिक घटना क्रमदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशका कुराहरुलाई पनि जान्दा बौद्धिकतामा बृद्धि हुने बताएका हुन् ।

आफूले यसो भन्दैमा विद्यार्थीले पनि राजनिती गर्नु पर्छ भन्ने तरिकाले नसोची देश विकासका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना क्रमका विषय पनि आम विद्यार्थी जगत जानकार हुनु पर्ने सुझाव दिएको बुझ्न आग्रह गरेका थिए ।

शिक्षाको जग वलियो भयो भने देश विकासमा थप सहयोग मिल्ने धारणा राख्दै नेता अधिकारीले अनुशासित विद्यार्थी र अध्यनशील शिक्षकको मिश्रणमा अभिभावकले मार्ग निर्देशन गर्न सक्ने हो भने हामीले कल्पना गरेको शिक्षाको उज्ज्वालोलाई प्रभावकारी तरिकाले अगाडी बढाउन सकिने विश्वास समेत व्यक्त गरेका थिए ।

सोही अवसरमा पोखारा महानगरपालिका शिक्षा माहशाखाकाको तर्फबाट विश्वराज आचार्यले सरकारले अगाडि सारेको शिक्षा नीति अनुरुप सामुदायिक विद्यालयहरु अगाडि बढ्न आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रङनाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल,शिक्षक अभिभावक संघका अध्यक्ष कुल बहादुर थापा, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरिराज गौतम, संस्थापक सदस्य रामजी थापा,भवानी कालिका माविका प्रधानाध्यापक रमेश भटराई, शिक्षाप्रेमी ऋषिकेश बराल, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु वराल, पूर्व प्रअ सुर्यनाथ बराल, शिक्षक गणेश प्रसाद अधिकारी र पुर्णिमा गुरुङलगायतले आ-आफनो धारणा राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछाने प्रगति वितरण र भावी योजनाका वारेमा जानकारी गराएको कार्यक्रमको संचालन शिक्षक भोजराज बरालले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत