गाउँ सहर
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएर बाबुछाेराकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | २०:०५:०० मा प्रकाशित
धादिङ । धादिङको थाक्रे गाउँपालिकास्थित चार किलामा आज ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मत्यु भएको छ ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३-०२-००९ प ८२३० नम्बरको मोटरसाइकल ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा धादिङको नीलकण्ठ नगरपालिका–५ का ६० वर्षीय बलराम अधिकारी र छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो भने मोटरसाइकल चालक डा अधिकारी र उनका बाबु घाइते भएका थिए । घाइतेको उपचारका लागि लैदाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस