वातावरण

बिहीबार रातिदेखि शनिबार रातिसम्म यस्ताे छ माैसम, चिसो अझै रहिरहने

फाइल तस्बिर ।

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार तीन दिनकाे मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेकाे छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल  देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ २९ गते (बिहीबार)

राति : प्रदेश नं २ मा सामान्यतया सफा मौसम रहेने छ भने बाँकी सबै प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ३० गते (शुक्रबार)

दिउसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०१ गते (शनिबार)

दिउसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखा भन्छ- उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत