विश्व

अफगान सेनाको हवाई कारबाहीमा २७ जना लडाकू मारिए

एजेन्सी । अफगान सेनाको हवाई कारबाहीमा २७ जना लडाकू मारिएका छन् । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका लडाकू मारिएका हुन् ।

सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको जनाइएको छ ।

सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर मारिएको सेनाले दाबी गरेको छ ।

तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बोलेको छैन । 

गाउँ सहर डेस्क

तपाईँको मत