खेल

बानियाँकाे अध्यक्षतामा ‘सदावहार युवा क्लब’ काे ९ सदस्यीय कार्यसमिति चयन

काठमाडाैं । "सदावहार युवा क्लब" काे नयाँ कार्यसमिति चयन भएकाे छ । संस्थाकाे छैठाैँ वार्षिक साधारणसभाले सुन्दर बानियाँकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।   

काभ्रेकाे भुम्लु गाउँपालिका-५ काे सदावहार युवा क्लब तीन पटकको कोशिपारी च्याम्पियन पनि हो । तीन पटक फुटबल खेलमा भाग लिएर तिनै पटकाे बिजेता हो ।

साधारणसभाले क्लबकाे उपाध्यक्षमा मनाेज खड्का, काेषाध्यक्ष सुनिलराज पराजुली र सचिवमा सन्ताेष पराजुलीलाई चयन गरेकाे छ । 

त्यसैगरि अजय पराजुली, प्रवेश खड्का, रितादेवी दाहाल-पराजुली, राेशन बानियाँ र सुर्यता पराजुली सदस्यमा चयन भएका छन् । 

"समाज परिवर्तन र रुपान्तरणका लागि सदावहार युवा क्लब" भन्ने मूल नाराका साथमा विभिन्न सामाजिक कार्यहरूमा सकृय भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्रमा निरन्तर अगाडि बढी छुट्टै पहिचान बनाउन सफल छ । 

नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गर्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्लबलाई साथ र सहयोग पुर्‍याउनु हुने शुभचिन्तक एवं सहयोगिहरुलाई संम्मान स्वरूप संस्थाको सदस्यता प्रदान गर्ने, अगामी दिनहरुमा अझै सक्रियताकासाथ आफ्नो कार्यक्षेत्र भित्र हुने सामाजिक तथा बिकासमूलक कार्यका लागि पहलकदमी एवं अन्य संघसंस्था, स्थानीय निकाय लगायतका कार्यक्रममा सक्रिय सहभागीता जनाउने नवनिर्वाचित अध्यक्ष सुन्दर बानियाँले बताए । 

"आफ्नो टोल, छिमेक, गाउँघरमा स्थानीय निकाय र संस्थाको बिधान अनुसार कार्यक्षेत्रको उन्नति र प्रगतिका लागि सदैव लागिरहने प्रतिवद्धतासहित यसै अनुरुप आगामी बार्षिक योजनाको कार्यक्रमहरु तय गरिनुका साथै क्लबले आगामी दिनहरुमा आफ्नो संस्थाको तर्फबाट गाउँ र समाजका लागि  बिकास निर्माण लगायतका आवश्यक कार्यहरूमा संम्बन्धित निकाय, संघसंस्था एवं वुद्धिजीविहरुसँग परामर्श तथा छलफल गरि हातेमालो गर्दै अगाडि बढ्ने निर्णय गरेकाे अध्यक्ष बानियाँले जानकारी दिए ।

यसैगरि संस्थाले लेखा परिक्षकमा गणेश रेग्मीलाई नियुक्ति गरेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत