स्वास्थ्य

पछिल्लो २४ घण्टामा १११ कोरोना संक्रमितले गरे स्वास्थ्य लाभ, थपिए ८१, पाँचको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएसहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १११ जनाले स्वास्थ्य लाभ गरेका छन् । थपिएकासहित स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या २ हजार ५२ पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसिआर टेस्ट गर्नेको संख्या २१ लाख ७ हजार ४९ पुगेको छ । देशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत