अर्थतन्त्र

ज्योति विकास बैंकद्वारा दुई ओटा अस्पताललाई बेबीवार्मर (न्यानोनानी) प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वनकोष” बाट प्राथमिक स्वास्थ्य केन्द्र (राम गोपाल पुरन गरपालिका वडा नम्बर ५ महोत्तरी, आम्दा अस्पताल ( दमक नगरपालिका वडा नम्बर २ झापा र जिल्ला अस्पताल दिक्त्तेल, खोटाङ्गलाई एक—एक थान बेबीवार्मर प्रदान गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल खोटाङ्गमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र बैंकद्वारा संयुक्त रुपमा सो बेबीवार्मर प्रदान गरिएको हो । 
बेबीवार्मरले नवजात शिशुको शारिरि कतापक्रम उचितबनाई राख्न सहयोग गर्दछ ।   

प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नम्बर २ र मकवानपुर जिल्ला क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख मोहनराज गिरी, बैंकका राम गोपाल पुर शाखाका शाखा प्रबन्धक भुवन धमला र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख निहार कुमार दासलाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

आम्दा अस्पतालमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नम्बर १ क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख प्रेमश्वर शाक्य, बैंकका दमक शाखाका शाखा प्रबन्धक संजय आचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजयब हादुर सिंहद्वारा संयुक्त रुपमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्मा, सिनियर कन्सल्टेन्ट डा. नबिन ढकाल, अस्पतालका प्रशासक सुमन कुमार नेपाल लगायत अस्पतालका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको  बैंकले जनाएको छ ।

जिल्ला अस्पताल खोटाङ्गको प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट बैंकका दिक्त्तेल शाखाका शाखा प्रबन्धक रोहित दाहाल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजयबहादुर सिंह द्वारा संयुक्त रुपमा जिल्ला अस्पताल खोटाङ्गका अस्पताल प्रशासन प्रमुख रविन फुयाललाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मरबाट प्राथमिक स्वास्थ्य केन्द्र (राम गोपालपुर,आम्दा अस्पताल (दमक र जिल्ला अस्पताल खोटाङ्गमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पी.पी.ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत