भिडिओ

जेविकाले राजिवलाई लगाइन 'टुना मुना' (भिडियोसहित)

काठमाडौँ । गायक वासुदेव केसी र विद्या तिवारीको स्वरमा नयाँ म्युजिक भिडिओ ‘टुना मुना’ सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत हरि लम्सालको छ ।

'टुना मुनाु' को म्युजिक भिडिओमा जेविका कार्की र राजिव थापाको अभिनय छ। यसमा जेविकालाई समाजसेवीको रूपमा देखाइएको छ। राजिव जेविकाको गाउँमा पुग्छन् । र, ख्यालख्यालमै दुई बीच प्रेम गाँसिन्छ ।

भिडिओ धादिङको गोल्डेन भ्यालीमा छायांकन भएको छ। भिडिओलाई मन्दिप बखुन्छेँले निर्देशन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। यसका निर्माता निर्जन तिमल्सिना र विज्ञान गौतम हुन् । 

 'टुना मुना' बुधबार युट्युब च्यानल 'आइ म्याक्स डिजिटल' बाट सार्वजनिक भएको हो । 

गाउँ सहर डेस्क

तपाईँको मत