केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप
- गाउँ सहर डेस्क
- २९ माघ बिहीबार, २०७७ | १२:३१:०० मा प्रकाशित
काठमाडौं । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।
केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिएका छन् । “कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ”, राईले भने ।
विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ ।
मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताएका छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस