खेल

नेपालका १२ किशोरीलाई फुटबल कोच प्रशिक्षण दिंदै अमेरिकी दूतावास

काठमाडौँ । नेपाल  वी युनाइटेड प्रोजेक्टले अमेरिकी दूतावास, काठमाडौँसँगको सहकार्यमा वी कोच नेपाल प्रोजेक्ट सुरु गरेको छ ।

प्रोजेक्टले धनगढी, सुर्खेत र काठमाडौँका १२ जना किशोरीलाई फुटबल कोचका बन्नका लागि प्रशिक्षण दिने भएको छ । 

प्रशिक्षणमा सहभागी कोचहरूले वी युनाइटेडका कार्यक्रमका पूर्व सहभागीहरूबाट परामर्श प्राप्त गर्नेछन् भने उनीहरूलाई १२० भन्दा बढी किशोरीहरूलाई प्रत्यक्ष रूपमा संलग्न गराएर महिला फुटबल टोलीहरू बनाउन सहयोग गरिनेछ ।

कार्यक्रमको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुएल मिक्कलरले भने, खेलकुदमा महिलाको सहभागिताले लैङ्गिक समानताको गतिलाई बढाउने जानकारी दिएका छन् ।

उनले खेलकुदमार्फत किशोरी तथा बालिकाहरूलाई सशक्त बनाउँदा उनीहरूले आफ्नो सम्भावनालाई पहिल्याउने, महत्त्वपूर्ण सामाजिक सिप विकास गर्ने र हार वा जीत जेसुकै भए पनि एउटा असल खेलाडी हुनुको महत्त्वबारे जान्ने मौका आउने बताएका छन् ।

कार्यक्रममा बोल्दैँ अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकुदमार्फत महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उनीहरूको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

कार्यक्रममा खेलकुद क्षेत्रका अगुवाहरूका साथै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधि लगायतका महिला सशक्तीकरणका मित्रहरू राष्ट्रिय महिला टोलीका खेलाडी तथा रेफरीहरू र विकास तथा व्यापारिक क्षेत्रका साझेदारहरूको सहभागिता रहेको बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत