अर्थतन्त्र

नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७.३९ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा ८ करोड ७४ लाख ४७ हजार रुपैयाँ नाफा गरेको कम्पनीको खुद नाफा १७.३९ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ३९ करोड ९० लाख ८५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३२ करोड १९ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क २३.९७ प्रतिशतले बढेको जनाएको छ ।

चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७.८५ रुपैयाँ पुगेको छ ।

बीमा कोषको आकार पनि ३८.६७५ ले बढेर ४७ करोड ३४ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बीमा कोषमा ३४ करोड १३ लाख ९२ हजार रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १७५.०८ रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीले पुनर्बीमा व्यवसायबाट ७ करोड ५ लाख कमिशन आय र लगानी कर्जा तथा अन्यबाट ४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । ७६ हजार ५५८ वटा बीमालेख जारी गरेको कम्पनीले ६४ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको ६ हजार २३६ बीमालेख नवीकरण भएका छन् ।

पुस मसान्तसम्ममा कम्पनीले २ हजार ४ वटा बीमालेख वापत २१ करोड ५८ लाख रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ । ३ हजार ७७८दावी वापत ९८ करोड १३ लाख रुपैयाँ कुल दावी भुक्तानी गर्न बाँकी छ ।

गाउँ सहर डेस्क

तपाईँको मत