गाउँ सहर

बागमती प्रदेश सुशासन केन्द्रद्वारा सार्वजनिक खरीद व्यवस्थापन सम्बन्धी प्रशिक्षण

काठमाडाैं । बागमती प्रदेश सुशासन केन्द्र र सार्वजनिक खरीद अनुगमन कार्यालयकाे संयुक्त आयाेजनामा सार्वजनिक खरीद व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरू भएकाे छ । 

पहिलाे चरणमा बागमती प्रदेश भित्रका ११९ वटै स्थानीय तहहरूका लागि सघन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अन्तर्गत तीन दिने मुख्य प्रशिक्षण तालिम ललितपुरकाे जाउलाखेलमा सम्पन्न भएकाे छ । 

कार्यक्रममा सार्वजनिक खरीद अनुगमन कार्यालय, प्रदेश सुशासन केन्द्र, प्रदेश मन्त्रालयका अधिकारीहरू, अन्य विभिन्न कार्यालयका खरीद व्यवस्थापनसँग सम्बन्धित अधिकृतहरू र स्वतन्त्र विज्ञहरूसहित ३० जनाकाे सहभागिता रहेकाे थियाे  । फागुन दाेस्राे साताबाट स्थानीय तहहरूका लागि शुरू हुने प्रशिक्षण अभियानकाे सहजीकरण गर्ने उद्देश्यले मूख्य प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएकाे प्रदेश सुशासन केन्द्र जाउलाखेलले जनाएकाे छ । 

सुशासन केन्द्रले यस्ता तालीमबाट स्थानीय तहका कर्मचारीहरूकाे सार्वजनिक खरीद सम्बन्धी क्षमता विकास भइ स्थानीय तहकाे सुशासन अभिवृद्धिमा टेवा पुग्ने अपक्षा गरेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत