स्वास्थ्य

काेराेना जित्दै विश्व, ९७% ले गरे स्वास्थ्य लाभ, ०.४% काे अवस्था गम्भीर

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अब मानिसको नियन्त्रणमा आएको भन्न सकिन्छ । कूल संक्रमितमध्ये ९७ प्रतिशत निको भएका छन् भने ३ प्रतिशतको मात्र मृत्यु भएको छ ।

अहिले विश्वमा ०.४ प्रतिशत गम्भीर अवस्थामा छन् ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, विश्वमा कोरोनाबाट संक्रमितको संख्या १० कराेड ७८ लाख ३८ हजार ५८७ पुग्दा निको हुनेको संख्या ७ करोड ९८ लाख ४४ हजार १५० छ । यसमा २३ लाख ६३ हजार ५३६ को भने मृत्यु भएको हो ।

अहिले विश्वमा कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । नेपालमा पनि सुरु भएको छ । संक्रमित व्यक्तिको संख्या घटिरहेको छ । अहिले देशमा सक्रिय संक्रमितको संख्या १ हजार ७५३ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत