ललितानिवास काण्डका मुख्य याेजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागार
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | ०७:३५:०० मा प्रकाशित
काठमाडाैं । ललिता निवास जग्गा हिनामिनाका योजनाकारमध्ये एक शोभाकान्त ढकाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनलाई सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताए ।
मुद्दा दायर भएको एक वर्षपछि ढकाल अदालतमा उपस्थित भएका हुन् । विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारुको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ढकाललाई थुना पठाउन उनकी श्रीमती उमाकुमार ढकाल्नीको बयानलाई समेत आधार बनाइएको छ । छानबिन प्रतिवेदन, मालपोतका कर्मचारी, परिस्थितिजन्य अवस्था, राणा परिवारको बयानका आधारमा विशेषले उनलाई थुनामा राख्नुपर्ने आदेश दिएको हो ।
उनीविरुद्ध ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । उनकी श्रीमती उमाकुमारी ढकाल्नीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको थियो । उनलाई अदालतले दुई लाख धरौटीमा छाडेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस