गाउँ सहर

स्थापना दिवसमा प्रतिक्षालय हस्तान्तरण 

लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२६ ले आफ्नो स्थापना दिवसको अवसरमा प्रतिक्षालय निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको छ । सहकारीले १३ औं स्थापना दिवस एवं १२ औं वार्षिकोत्सवको अवसर पारेर पोखरा–२६ अर्घौंमा निर्माण गरिएको प्रतिक्षालय हस्तान्तरण गरेको हो ।

सहकारीले आफ्नै लगानीमा सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नम्बर २६ को कार्यालय नजिकै करिव ६० हजारको लागतमा चौतारोमा ट्रस निर्माण गरी छाना हालेर वस्ने बेञ्चहरु सहितको प्रतिक्षालय निर्माण गरेको हो ।

कार्यक्रममा बोल्र्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नारायणप्रसाद बरालले सहकारीहरुले सामाजीक क्षेत्रमा पनि विभिन्न कार्यहरु गर्दछन भन्ने यो उदाहरण भएको बताउँदै अव उत्पादनमुलक क्षेत्रहरुमा पनि सहकारीले लगानी गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष छवि लामिछानेले अव सहकारीहरुले आयतलाई विस्थापित हुने खालका योजना ल्याउनु पर्ने सुझाव राखेका थिए भने संस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी, नयन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम सापकोटा, क्लवहरुको तर्फबाट राईजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङ लगायतले सहकारीले आय आर्जनका लागि लगानीको क्षेत्रलाई अगाडि वढाउनु पर्ने सुझाव राखेका थिए ।

संस्थाका अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष हरि बहादुर जिसीले स्वागत गरेका थिए भने कार्यक्रम संयोजक शिव प्रसाद भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश र सचिव लेखनाथ सापकोटाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत