स्वास्थ्य

पछिल्लो २४ घण्टामा १३४ कोरोना संक्रमित थपिए, शुन्य मृत्यु, निको भए ११८ जना

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । १३४ नयाँ संक्रमित थपिएका छन भने ११८ जनाले स्वास्थ्य लाभ गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अुनसार पछिल्लो २४ घण्टामा ३ हजार ५६७ जनाको पिसिआर टेस्ट भएको छ । यो सँगै कुल पिसिआर गर्नेको संख्या २१ लाख ४ हजार ६२६ पुगेको छ । 

आजसम्ममा कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ छ । देशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ७५३ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत