गाउँ सहर

फेवाबाध मर्मतको कार्य अवलोकन गर्दै सांसद बरालले दिए रवरशिल फेर्न सुझाव

पोखरा । गण्डकी प्रदेश सभा सदस्य सांसद रामजी प्रसाद बरालले पोखराको फेवा बाँधको अवलोकन गरेका छन्। पोखराको पर्यटकीय गन्तव्य फेवातालको पानीको सहत घटेसंगै  फेवा बाधमा पुगेर सांसद बरालले अवालोकन गर्दै गुणस्तरिय ढंगले रवरशिल फेर्नु पर्ने सुझाव दिए ।

फेवातालको पानीको सहत घटेको समयमा जति सक्दो छिटो र प्रभावकारी ढंगले रवरशिल फेर्नुपर्ने सांसद बरालको भनाई छ ।

फेवा बाधका अप्रेटर रेसम आलेले जिर्ण भएको बाधको बारेमा बताएका थिए । जिर्ण भएको बाधमा राखिएको रवरशिल पानीले खियाउदै सकिएकोले हाल पानी चुआवट भएको उनले जनाए । उक्त बाध मर्मतको लागि हाल दैनिक जसो ३/४ जना कामदार खटिदै आएका जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले बताए ।

गाउँ सहर डेस्क

तपाईँको मत