राजनीति

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टाँसिएको छैन’

काठमाडौ । नेकपा नेतृ रामकुमारी झाँक्रीले लाेकतन्त्रमा बाेल्न राेक्न कसैले नसक्ने बताएका छिन् । 

नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै झाँक्रीले भनिन् ‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन, सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’

मुखमा कालो टेप र प्रतिगमन मुर्दावाद लेखिएको कपडा पहिरिएर मञ्चमा पुगेकी झाँक्रीले ‘बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं ।’

प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै उनले आजको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढलिसकेको संकेत गरेको र अब घोषणा गरेको पनि जिकिर गरिन् ।

उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् ।

नागरिकहरु सार्वभौम सम्पन्न भएको जिकिर गर्दै उनीहरुको बोल्ने अधिकारलाई कसैले कुन्ठिन गर्न नसक्ने जिकिर गरिन् । ‘आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियाँलाई हिसाब किताब थाहा छ,’ उनले भनिन् । 

मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै भनिन् 'ुसंस्थाको कुनै लिंग हुँदैन ।'

गाउँ सहर संवाददाता

Tau Prasad Gurung लेख्नुहुन्छ २८ माघ, २०७७ ६:५४ pm

तत्कालिन एमालेको उच्च शिक्षित र दिक्षित, जल्दोबल्दो युवा नेतृको यस्तो चाला छ भने बान्की संग के आशा गर्ने ? बोल्नु पाईन्छ भन्दैमा जे मुखमा आयो त्यही बोल्नु सहि नहोला । मैले बुझेको "प्रजातन्त्रको मतलब मनलागेको गर्नु पाईन्छ तर नभुलौ अरुको हक र अधिकारको हनन गर्नु पाईदैन" ।

Neelam Kumar Sharma लेख्नुहुन्छ २८ माघ, २०७७ ६:५४ pm

बोल्नुहोस् बोल्नुहोस् । अझ चर्को बोल्नुहोस् । कसैको मुख कसैले टेप लगाएको छैन । त्यसकारण जे जे मन लाग्छ बोल्नुहोस्

तपाईँको मत