फोटो

नेकपाकाे जुलुशमा ‘जिन्दावाद र मूर्दावाद’ काे नारा लगाउँदै हिँडेका पाइलाहरू (फाेटाेकथा)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । प्रदर्शनका लागि देशभरबाट मानिसहरु काठमाडौं आएका छन् ।

प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल समूह सडकमा संघर्षरत् छ ।

सो समूहको केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाका पाँच स्थानबाट जुलुस निकालेकाे छ । जुलुस सभामा जानुअघि अनामनगरकाे भाटभटेनीकाे धाेबीखाेला करिडाेरमा देखिएका प्रदर्शनीमा हिँडेकाे कार्यकर्ताहरू । 

 

उनीहरूले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हुन् । सो सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

विरोधसभा अघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् ।

यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय प्रचण्ड र नेपालले गर्ने जनाइएको छ ।

दुई लाख भन्दा बढि नागरिक सभामा सहभागी गराउने दाबी गरेको नेकपाले त्यसका लागि विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौँ ल्याएको छ । नेकपाको प्रचण्ड–नेपाल खेमाले बुधबारको ‘जनप्रदर्शन’ निर्णायक हुने समेत दाबी गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत