स्वास्थ्य

कर्णाली प्रदेशका तीन जिल्लामा मात्र काेराेनाभाइरस

काठमाडाैं । नेपालमा काेराेना भाइरस संक्रमण संख्या कम हुँदै गएकाे छ । पछिल्लाे समय कर्णालीका १० जिल्लामध्ये सात जिल्लामा कोरोनाको सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ । कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । 

दैलेखमा एक हजार ६ सय ८४, जाजरकोटमा एक सय ५९, सल्यानमा ६ सय ९३, रुकुमपश्चिम दुई सय ५७, कालिकोटमा तीन सय ३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै संक्रमित निको भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल कर्णालीका तीन जिल्ला सुर्खेतमा २१, जुम्लामा तीन र डोल्पामा एकजना कोरोना संक्रमित रहेका छन् । 

कर्णाली प्रदेशमा ९७ हजार दुई सय १० जनामा परीक्षण गरिएकोमा सात हजार पाँच सय २८ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणका कारणले कर्णालीमा ३१ जनाको मृत्यु भएको छ । 

साढे नौ हजारले लगाए पहिलो चरणको खोप
कर्णाली प्रदेशमा पहिलो चरणको कोरोनाविरुद्धको खोप नौ हजार चार सय २० जनालाई लगाइएको छ । कर्णाली प्रदेशमा पहिलो चरणको कोरोनाविरुद्धको खोप साढे ११ हजारजनामा लगाउने लक्ष्य राखिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत