स्वास्थ्य

विश्वभर २ कराेड ५५ लाख जनामा काेराेना भाइरस सक्रियमध्ये एक लाख बढिकाे अबस्था चिन्ताजनक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५५ लाख ९५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ९२ लाख ९७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ७३ लाख ८९ हजार नाघेको छ भने मृतकको संख्या २३ लाख ४९ हजार १७१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख २ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ७७ लाख ९९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ७९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २१ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ७६ लाख ३९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९६ लाख ८० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ८ लाख ५८ हजार ३०० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५५ हजार २८० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ५ लाख ५९ हजार ६०४ जना निको भएका छन् । सक्रिय केस १ लाख ४३ हजार ६१६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९६ लाख २ हजार जना संक्रमितमध्ये ८५ लाख २३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३३ हजारभन्दा बढी छन् । हाल ८ लाख ४४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७२ हजार २१५ जना पुगेका छन् भने २ लाख ६८ हजार ४३१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ४७ पुगेको छ भने १ हजार ७३७ जना उपचाररत छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत