समाज

पूजा गर्दा धुप बाल्नुकाे कारण यस्ताे छ

काठमाडाैं । धार्मिक परम्परा अनुसार मठमन्दिर, गुम्बा लगायत स्थानमा हामी पूजाका क्रममा धुप बाल्ने गर्दछाैँ । सबैको घरमा पूजा गर्दा भगवानलाई धूप बालेर सम्झने चलन छ  । यो प्रथा सबै धर्ममा विद्यमान छ, किन बालिन्छ त धूप भन्ने प्रश्न तपाइमा पनि होला ? खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ ।

यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ ।

धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् ।

प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायक हुन्छ । आजकल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ ।

प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ ।

सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो ।एजेन्सी

गाउँ सहर डेस्क

तपाईँको मत