फागुन १ गते पोखरामा हुने १५ औं अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने प्रतिवद्धता
- गाउँ सहर संवाददाता
- २८ माघ बुधबार, २०७७ | ०२:१२:०० मा प्रकाशित
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यही फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन जिल्ला प्रशासन कार्यालय कास्की सहित विभिन्न सुरक्षाका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् ।
मञ्चको आयोजनामा सम्पन्न एक अन्तक्रिया कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पोखराको गरिमा बोकेको पोखरा म्याराथन सफल बनाउनुपर्ने कुरामा उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्ने कुरामा जोड दिए । उनले कोभिड १९ को बीचमा समेत पोखरा म्याराथनको निरन्तरता हुनु महत्वपूर्ण भएको धारणा राखे ।
सो अवसरमा बाेल्दै कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले नेपाल प्रहरीले विगतमा झैं पोखरा म्याराथन सफल बनाउनका लागि शुरक्षा सँगै आवश्यक सुरक्षाका उपायहरुलाई अझै बढी कृयाशिल रुपमा अघि बढाउने प्रतिवद्धता बनाउने जाहेर गरे ।
कार्यक्रममा पोखरा म्याराथनको प्रस्तुति दिंदै भूतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले कोरोनाले प्रभावित भएको समग्र खेलकुदलाई चलायमान बनाउन पनि यस बर्षको सफल पोखरा म्याराथनले थप उर्जा दिने बताए ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, राष्ट्रि अनुशन्धान कास्कीका प्रहरी उपरिक्षक नविन अधिकारी, शसस्त्र प्रहरी कालिका गणका प्रहरी उपरिक्षक विश्ववन्धु पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, नेलोम्वो नेपालका अध्यक्ष एकदेव देवकोटा, गैर आवाशिय नेपाली संघ युकेका पूर्व अध्यक्ष मेजर डम्वर घले एमभिओ लगायतले पोखरा म्याराथनलाई सफल बनाउन सबैको सहयोग रहने प्रतिवद्धता जनाए ।
फागुन १ गते म्याराथन सहित महिलाहरुको लागि २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता समेत हुने भएको छ । ४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस