स्वास्थ्य

पछिल्लाे २४ घण्टामा १६५ जना काेराेना संक्रमित निकाे, नयाँ १६० जना थपिए, दुईकाे मृत्यु

काठमाडौं । मुलुकभर काेराेनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप १६० जना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ४३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत