राजनीति

राजसंस्था र हिन्दुराष्ट्र नल्याई सुखै छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दुराष्ट्र नल्याई सुखै छैन भन्ने बताएका छन् ।

‘स्थायित्व प्राप्त गर्न र प्रजातन्त्रलाई सुढृद तुल्याउन हिन्दुराष्ट्रको बलियो आधार र अभिभावकको रुपमा राजसंस्था अपरिहार्य बनेको छ । देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,’ राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै मंगलबार भने ।

झण्डै दुई तिहाईको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरेका छन् ।

‘देशलाई भरपर्दाे दिशा दिन सक्ने पार्टी भने राप्रपा नै हो । प्रजातान्त्रिक क्षितिजमा उदाउने शक्ति भनेको राप्रपा हो, राप्रपा मात्र हो,’ उनले भने ।

जिल्ला भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरुबाट वाक्क दिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजीरहेको बताए ।

‘यस अर्थमा राप्रपा अघि बढोस्, निर्णायक भूमिका निर्वाह गरोस् भन्ने जनताको अपेक्षा र सुभेच्छा छ,’ उनले भने ।

‘जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,’ अध्यक्ष लोहनीले भने ।

यो मौका छोप्न र जनताको अपेक्षा पूरा गर्न क्रियाशील बन्न कार्यकर्तालाई अध्यक्ष लोहनीले निर्देशन दिए । जनचाहना बमोजिम राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य हासिल गर्ने लोहनीले दाबी गरे ।

कार्यकर्तालाई सम्बोधन गदै उनले भने, ‘पार्टीभित्र, संगठनभित्र सबै कुरा लिखित हुँदैन । पार्टी सदस्यहरुबीच सम्बन्ध बिस्तार गर्ने, एकता कायम राख्ने संस्कृति, मूल्य, मान्यता त्यस मानेमा महत्वपूर्ण हुन्छ ।’

गाउँ सहर डेस्क

तपाईँको मत