अर्थतन्त्र

नेप्सेले थकाइ मार्दा 'पर्ख र हेर' मा लगानीकर्ता

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजारले थकाइ मारेकाे छ । 

यसदिन बढेर २५८५ बिन्दुसम्म पुगेकाे नेप्से अन्तिममा २९.१ अंकले घटेकाे छ । 

बजार बढ्ने क्रममा अघिल्लो कारोबार दिन अर्थात साेमबारको रेकर्डलाई तोडेर नयाँ रेकर्ड गरेपनि अन्तिममा भने बजार घटेर बन्द हाे । 

कारोबार रकम पनि यो दिनमा घटेको छ । आज ८ अर्ब १४ करोड २६ लाख ९१ हजार १९३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर किनबेच भएको छ ।

यसदिन विकास बैंक र वित्ती कम्पनी सूचकांक बाहेक सबै सूचकांकमा गिरावट आएको छ ।   

मंगलबारकाे काराेबार अबस्था हेर्दा शेयर बजार परिसूचक र कारोबार रकमले लगानीकर्ताहरू सतर्कसहित 'पर्ख र हेर' मा देखिन्छन् । अर्थतन्त्रको दिशा विपरित शेयर बजारमा एकोहोरो वृद्धि पनि धेरै टिकाउ नहुने जानकारहरु बताउँछन् । 

अल्पकालीन लगानीकर्ताहरुको उच्च बिक्रीचापले बजार सूचकमा मंगलबार उच्च  अंकको गिरावट आएको हो ।

बजारमा बढ्दै जाँदा जोखिम उत्तिकै छ । यस्तो अवस्थामा वित्तीय सूचकमा बलिया र शेयरमूल्य कम भएका कम्पनीको शेयरमा लगानी गर्न विज्ञहरुको सुझाव छ ।

मंगलबार अधिकांश सूचकहरुमा गिरावट देखिएको छ । मंगलबार लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन् । शेयर बजारमा कारोबारको अवधिमा अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि केहि बेर शेयर कारोबार रोकिन पुगेको थियो । उक्त राेकिएकाे अवधि पछि थपिएकाे थियाे । 

आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, कालिका पावर कम्पनी र नेपाल ल्युव आयल लिमिटेड छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, निर्धान उत्थान लघुवित्त, माउन्टेन इनर्जी, गुँरास लघुवित्त र नेरुडा लघुवित्त कम्पनी छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत