अर्थतन्त्र

मंगलबार सुन तोलामा १५०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

आज चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको महासंघको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत