गाउँ सहर

पहिलो र दोस्रो चरणमा चुनाव गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, कुन प्रदेशमा कहिले ?

काठमाडौँ ।  सरकारले वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने भएको छ । पुस ५ गते प्रतिनिधिसभा चुनाव घोषणा गरेर घोषित मध्यावधि चुनावमा सरकारले पहिलो चरणमा ४० र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा चुनाव गर्ने निर्णय सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चुनाव हुने भएको छ । 

त्यस्तै, वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ मा मध्यावधि चुनाव गर्ने निर्णय भएको छ । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिटहरु सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा सरकारले आक्रामक रुपमा चुनावको तयारी अघि बढाउने निर्णय गरेको हो ।

चुनावको मिति निर्धारणपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार नै निर्वाचन आयोग पुगेर तयारीबारे जानकारी लिइरहेको स्रोतले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत