गाउँ सहर

हिमनदी फुटेर ज्यान गुमाउनेको संख्या २७ पुग्यो, १७१ जना बेपत्ता

एजेन्सी । भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । १७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य भइरहेको एजेन्सीले जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घाइतेहरुलाई भेट्न आइटिबिपी अस्पताल गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बेपत्ताहरुको खोजीका लागि उद्धारकर्मीहरु सोमबार रातभर सक्रिय थिए ।

उत्तराखण्डको जोशीमठमा आइतबार अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको थियो ।

चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिममा आएको हो ।

जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका छन् ।

यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमाअ अझै ३०–३५ जना फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत